गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

सोमबार, भदौ १७, २०८१

गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ ।

सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

 

 

सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए ।

मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।

 

मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्