सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
उनले आजै दिउँसाे १२:३४ बजे राष्ट्रपति निवास शितलनिवासमा पद तथा गाेपनियताकाे शपथ लिनेछन् । प्रधानमन्त्रीपछि बालेन्द्र सरकारका मन्त्रीहरुले पनि शपथ लिने तयारी छ ।