गृहको बागडोर सुदन गुरुङलाई

शुक्रबार, चैत १३, २०८२

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा बन्न लागेको सरकारमा गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङलाई दिइएको छ ।

लामो रसाकस्सीपछि सुदनको नाम फाइनल भएको हो । जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङ सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन् । रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए । तर, सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि दुवै लचक भएको बुझिएको छ ।

उनीबाहेक अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र कानूनमन्त्रीमा सोविता गौतम फाइनल भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्