महावीर पुनलाई पनि अलग्गै संसदीय दलको कार्यालय

शुक्रबार, चैत ६, २०८२

प्रतिनिधिसभाको नयाँ संरचना अनुसार विभिन्न राजनीतिक दलका संसदीय दलको कार्यालय व्यवस्थापन गरिने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने ६ दलका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा दलको कार्यालयसहित १२ गते शपथ लिनुअघि तयार पार्नुपर्ने सामाग्रीबारे पनि जानकारी गराइएको संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै कार्यालय प्रयोग गर्ने भएका छन् । निवर्तमान संसदको तेस्रो ठूलो दल रहेको तत्कालीन माओवादी केन्द्रले यसपटक पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने सहमति भएको छ ।

कांग्रेस-एमालेका संसदीय दलका कार्यालय रहेकै कम्पाउण्डसँग जोडिएको संसद सचिवालको २ नम्बर भवनको दोस्रो तलामा उक्त कार्यालय रहने भएको हो । हाल नेकपाका नाममा संसदमा प्रवेश गर्ने तत्कालीन माओवादी केन्द्रलाई राष्ट्रिय श्रम संस्कृति पार्टी र राप्रपासहितलाई दिइने अलग्गै भवन प्राप्त भएको छ । नेपाल टेलिभिजनको अगाडि, रक्षा मन्त्रालयको प्रवेशद्वारसँगै रहेको उक्त भवनमा स्वतन्त्र सांसद महावीर पुनले पनि अलग्गै कार्यालय पाउने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्