सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाएको छ।
गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।
पार्टीको निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका पनि जारी गरिसकेका छन्।
मतदान मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ भने मतगणना मंगलबार साँझ ६ बजेदेखि हुने निर्वाचन कार्यक्रममा उल्लेख छ।
पदाधिकारीमा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीले चुनावबाट पदाधिकारी छान्न लागेको हो।
गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन चलेको थियो।
एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ।
साथै एकीकृत समाजवादीले असार २१ मा ९३ सदस्यीय केन्द्रीय समिति बनाएको थियो।