भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट

सोमबार, भदौ ३, २०८१

Foreign-minister-Arzu-deuba-meet-with-PM-narendra-Modi-1024x725-1724081871.jpg
 

परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् ।

आइतबारदेखि भारत भ्रमणमा रहेकी देउवाले सोमबार बेलुकी भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेकी छन् ।

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायच थिए भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्