सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी रामकुमारी झाँक्रीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छन् । उनले फेसबुकको वालबाट सार्वजनिक गरेको विवरणअनुसार जम्मा २ लाख ३६ हजार रुपैयाँ मात्र खर्च गरेकी छन् ।
उक्त विवरण निर्वाचन आयोगलाई पेश गरिसकेको नेपाल प्रेसलाई बताइन् । सबैभन्दा बढी गोष्ठी/कार्यकर्ता परिचालनमा १ लाख २० हजार खर्च भएको छ । सबैभन्दा कम मतदाता नामावली खरिद र विविध शीर्षकमा ३-३ हजार खर्च भएको विवरण उनले सार्वजनिक गरेकी हुन् ।