सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) को उल्लंघन गरी लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको भन्दै उनीमाथि उजुरी परेको थियो । उजुरीमा तत्काल उम्मेदवारी खारेज गरी हदैसम्मको कारबाही गर्न पनि माग गरिएको थियो ।
'यहाँले नै बोलेको देखिने श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएको हुँदा यो पत्र लेखे कार्य भएको हो। उल्लिखित सन्दर्भमा यहाँले आचारसंहिताको सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत रहेको दफा र खण्डको ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्थाको प्रतिकूल हुने गरी अभिव्यक्ति दिनु भएको हो वा होइन ? यदि दिनुभएको हो भने यहाँलाई किन निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गर्नु नपर्ने हो ?' आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा भनिएको छ । आयोगको पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट जवाफ पेस गर्न भनेको छ ।