दुर्गा प्रसाईले गरे पार्टी खोल्ने घोषणा

मंगलबार, भदौ ३, २०८२

दुर्गा प्रसाईले ‘फर्स्ट नेपाल, फर्स्ट नेपालीु एजेन्डा अघि सार्दै भिन्न राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले दलको नाम के राख्नेजस्ता विषय उल्लेख गरेका छैनन् ।  निर्वाचन आयोगमा कहिले दर्तामा जान्छन् यसबारे पनि खुलाएका छैनन्, तर उनले सोमबार दल खोल्ने घोषणा गरेका छन् ।

नेकपा (माओवादी केन्द्र (नेकपा (एमाले) हुँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियान घोषणा गरी राजनीतिक गतिविधि गर्दै आएका मेडिकल व्यवसायी प्रसाईंले अब राजनीतिक दल खोल्ने तयारी गरेका छन्।

उनी पछिल्लो समय राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा थिए। उनकै आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन थियो। प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, केही मानिस घाइते, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालयमा आगजनी भयो।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित ुसंयुक्त जनआन्दोलन समितिु ले प्रसाईंलाई ुजनकमाण्डरु पनि तोकेको थियो। राजा फर्काउने आन्दोलनका ुजनकमाण्डरु प्रसाईं चैत १५ को घटनापछि पक्राउ परेर हिरासत र कारागार बसेर अदालतको आदेशअनुसार धरौटीमा हालै रिहा भएका थिए। 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्