रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सोमबार, वैशाख २२, २०८२

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न आइतबार जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईंमाथि पनि यही कसुरमा म्याद थप भएको हो। यसअघि अदालतले थप ७ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो। उक्त म्याद सकिएकाले उनीहरूलाई आइतबार पुन: अदालतमा उपस्थित गराइएको हो।

अहिले तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्। जसमध्ये २५ जनामाथि राज्यविरूद्धको कसुरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्