नेपाल–दृश्य

जनकपुरमा जानकी !

बुधबार, भदौ १२, २०८१

जानकी मन्दिर । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २२:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसन्तपुरमा पर्यटकीय बहार
बुधबार, भदौ १२, २०८१

दुईखोली दोभान
बुधबार, भदौ १२, २०८१

सुन्दर सुर्खेत
बुधबार, भदौ १२, २०८१