सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
काठमाडौंको बसन्तपुर दरबार स्क्वायर । मन्दिरै–मन्दिरको सहरको उपमा पाएको काठमाडौं सहरमा बसन्तपुर दरबार क्षेत्रमा रहेका मन्दिरले थप पुष्ट्याइँ गरेका छन् । बसन्तपुर दरबार क्षेत्रमा आधा दर्जनको संख्यामा विभिन्न देवी देवताका मन्दिर रहेका छन् । दरबार क्षेत्र घुम्न आउने पर्यटकका लागि त्यहाँका मन्दिर दर्शनीयस्थलका रुपमा रहेका छन् । यसका साथै स्थानीयले हरेक दिनजसो मन्दिरमा पूजाआजा गर्दछन् । ऐतिहासिक र धार्मिक महत्वको बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको सधैं घुइँचो हुने गर्दछ ।