सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर । सुर्खेत उपत्यकामा अवस्थित वीरेन्द्रनगर सहर नेपालको नयाँ सहरमध्येमा पर्दछ । २०२४ सालमा औलो उन्मूलन भएपछि सुर्खेत उपत्यकाको गुरुयोजना निर्माृण भई सहर विस्तार भएको हो । सुर्खेत उपत्यकामा काँक्रेविहार, देउतीबज्यै मन्दिर, बुलेबुले ताल पर्यटकीयस्थलको रुपमा रहेका छन् । पछिल्लो समय प्रदेश राजधानी बनेपछि सुर्खेतको सौन्दर्यमा समृद्धिको यात्रा अघि बढेको छ ।