सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
सोमबारदेखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा पार्टीभित्र प्रतिपक्षी खेमाका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग वर्तमान सरकार, गठबन्धन, पार्टीभित्रका समस्या, अनुशासन समितिको व्यवहार लगायतका विषयमा जवाफ मागेका छन् । यही वर्षको मंसिरमा १५ औँ महाधिवेशन हुन नसक्ने भए त्यसको जवाफ सभापति देउवा र पदाधिकारीले दिनुपर्ने उनको भनाइ थियो ।
यसअघिका बैठकमा उनले यसरी सायदै प्रश्न गर्ने गर्थे । उनीबारे जानकार नेताहरूका अनुसार, कोइरालाको आजको प्रस्तुति फरक र विल्कुल नयाँ शैलीको थियो । नेता कोइरालाले महाधिवशेन गर्नुपर्नेमा आफू अहिले पनि दृढ रहेको सुनाउँदै भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्यो ।पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’
कोइरालाले सत्ताको नेतृत्व एमालेलाई दिएकोप्रति असन्तुष्टि बैठकमा जनाए । ‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो रु,’ नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो रु सभापतिज्यूले यसको चितबुझ्दो जवाफ दिनुपर्छ ।’
कोइरालाले अनुशासन समितिको प्रसंग पनि बैठकमा उठाए । अनुशासन समितिको बैठकमा पार्टी सभापतिले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर बोलेको प्रसंग उठाए । सभापतिले के आधारमा भनेको भनी जवाफ मागे । अनुशासनको कारबाहीप्रति असन्तुष्टि राख्दै कोइरालाले पार्टी बैठकमा भने, ‘यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ । कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ ।
अनुशासन समितिमा सभापति देउवा पक्षीय नेता आनन्द ढुंगाना संयोजक छन् । अनुशासन समितिका संयोजकले आफूखुसी व्यक्तिगत रुपमा पत्र पठाएको दाबी कोइरालाले प्रस्तुत गरे । ढुंगानाप्रति प्रश्न गर्दै कोइरालाले बैठकमा भने, ‘त्यो अधिकार उहाँलाई कसले दियो रु पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन रु यसको जवाफ कसले दिने हो, चित्तबुझ्ने जवाफ चाहियो ।’
कोइरालाले गत निर्वाचनमा गठबन्धन गर्ने क्रममा पार्टीका नेता कार्यकर्ता गरिएको व्यवहारप्रति पनि नेतृत्वलाई स्मरण गराए । पर्सा– १ मा गठबन्धनबाट टिकट पाएका लोसपा उम्मेदवारले चौथो स्थानको मत ल्याएको सुनाउँदै कोइरालाले भने, ‘कांग्रेसका साथि स्वतन्त्र निर्वाचन लड्नुभयो । उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो । गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरुलाई दिइयो ?’
गत निर्वाचनका समयमा निष्ठावान र इमान्दार पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको नाममा टिकटबाट वञ्चित गरिएको र अनुशासन कारबाहीको कैँची चलाएर उनीहरुको राजनीति समाप्त पार्न खोजेको भन्दै उनले रोष प्रकट गरे । रुख चिह्नको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेकालाई एकपटकलाई माफी दिनुपर्ने प्रस्ताव कोइरालाले बैठकमा राखेका छन् ।