पर्वतका प्रधान अमेरिकामा मृत फेला

सोमबार, भदौ १७, २०८१

अमेरिकामा एक नेपाली मृत फेला परेका छन्।

नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको अमेरिकाबाट पत्रकार राजेश खत्रीले जानकारी दिएका छन्।

सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए।  प्रधान २७ अगष्टका दिन दिउँसो २ बजे काम सकेर कोठामा फर्किएका थिए। उनको मृत्युको कारण खुलिसकेको छैन।

मृत्युको कारण पत्ता लागेपछि मात्रै शव नेपाल पठाइने भएको छ।

प्रधानका श्रीमती, एक छोरा र एक छोरीसहितको परिवार नेपालमै छ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्