पश्चिम एसिया तनाव

इजराइलले गर्‍यो लेबनानको राजधानी बेरूतमा आक्रमण

बिहीबार, असोज १७, २०८१

इजराइलले लेबननको राजधानी बेरूतमा आक्रमण गरेको छ। बिहीबार बिहान लेबननको राजधानी बेरूतमा हवाई हमलाका ठूला ठूला आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजराइली सेनाले हिजबुल्लाहलाई लक्षित गरी हवाई आक्रणम गरेको पुष्टी गरेको छ। बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इजराइली डिफेन्स फोर्सको दाबी छ।

आक्रमणमा ७ जनाको मृत्यु भएको छ। मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन। समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इजराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो।

इजराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै  लेबननका ५१ वटा ठाउँ तोकेर आम सर्वसाधरणलाई त्यहाँबाट भाग्न आग्रह गरेको थियो। इजराइली र अमेरिकी अधिकारीहरूले अहिलेसम्म हिजबुल्लाहका आधा हतियार नष्ट गरिसेको दाबी गरेका छन्।

इजराइलले गाजामा हमाससँग र लेबननमा हिजबुल्लाहसँग लडिरहेको छ। मंगलबार मात्रै इरानले इजराइलमाथि आक्रमण गरेको थियो। इरानले इजराइल प्रत्याक्रमणमा उत्रिए अझै शक्तिशाली आक्रमण हुने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्