सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
खाडी राष्ट्रहरूमा हवाई आक्रमण जारी रहँदा साउदी अरेबियाको हवाई प्रतिरक्षाले शुक्रबार बिहानदेखि २२ वटा ड्रोनलाई रोकेर नष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कुवेत र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमण र ड्रोन खतरासँग संघर्ष गरिरहेको रिपोर्ट गरेका छन् । बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणबाट गोदाममा आगलागी भएको बताएको छ । साउदी रक्षा मन्त्रालयका अनुसार अधिकांश ड्रोन प्रमुख तेल प्रशोधन केन्द्रहरू रहेको पूर्वी प्रान्तमा खसालिएका थिए भने एउटालाई उत्तरी प्रान्त अल जौफमा रोकिएको थियो ।
लाल सागरमा रहेको साउदी तेल प्रशोधन केन्द्रमा इरानी ड्रोनले प्रहार गरेको र कुवेतका दुई थप ठाउँमा आगलागी भएको एक दिनपछि आक्रमण अझ तीव्र पारिएको हो । इरानले आफ्नो दक्षिण पार्स ग्यास क्षेत्रमा इजरायली हवाई आक्रमणको बदला लिँदै कतारको विशाल प्राकृतिक ग्यास हवमा आक्रमण गरेको बताइएको छ ।
फेब्रुअरी २८ देखि साउदी अरेबियालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणको कुल संख्या कम्तीमा ५०३ पुगेको छ । ड्रोनबाहेक साउदी वायु रक्षाले सोही अवधिमा ४२ ब्यालिस्टिक क्षेप्यास्त्र र सात क्रूज क्षेप्यास्त्रहरूलाई रोकेको बताएको छ ।