सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ।
अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। मन्त्रालयले मृतकको पहिचान खुलाएको छैन। अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ।
युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरुले पनि संचारमाध्यमबाट खबर प्राप्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। ‘हामीले पनि समाचारहरूमार्फत यसको सूचना पाएपछि दूतावासमा यसको वास्तविकताबारे बुझ्न भनेका छौं,’ उनले भने।
अमेरिकाले इरानमा हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका इरानी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ।