हत्कडीसहित फरार भएका थुनुवा बालाजुबाट पक्राउ

आइतबार, असार १५, २०८२

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् । बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबाट फरार भएका थिए । उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्