सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।
इरानको सरकारी समाचार एजेन्सी तसनीमले इरानको रिभोल्युशनरी गार्डले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको दाबी गरेको छ । अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।
कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो । इजरायल इरान तनावबीच अमेरिकाले इरानमा आक्रमण गरेपछि त्यसको बदला लिने धम्की इरानले दिएको थियो । त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई सत्ताच्युत गर्ने सम्भावना खुला रूपमा व्यक्त गर्दै त्यस्ता कदम नलिन चेतावनी दिएका थिए ।
इरानको सरकारी सिमाचार एजेन्सी तसनीमले इरानको रिभोल्युशनरी गार्डले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको दाबी गरेको छ । अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको थियो । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको थियो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलको भनाइ छ ।
इजरायलले इरानका फरमाणु केन्द्रहरुमा लक्षित गरी आक्रमण गरेको थियो । इजरायली आक्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रमध्येको एक नन्ताजमा आंशिक क्षति पुगे पनि फोर्दोमा कुनै उल्लेख्य क्षति नभएको भनिएको थियो ।
फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ । यो इरानको राजधानी तेहरानबाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ । यो केन्द्र जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित छ । यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ ।
बीबीसीका अनुसार यहाँ युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धित गरिन्छ, जुन परमाणु बम बनाउने युरेनियमको सीमाको नजिक हो । यो सीमा ९० प्रतिशत पुगे विश्वकै लागि खतरा हुने इरान विरोधी देशहरुको चिन्ता छ । इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने बताइँदै आएको थियो ।