चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु

शनिबार, असार ७, २०८२

चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ।  

मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष छन्।  तीमध्ये दुई जनाको सनाखत भएको छ। सनाखत भएका मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती र मकवानपुर हेटौंडाकै ५३ वर्षीया मैंयाकुमारी न्यौपाने छन्। अरू चार महिला र एक पुरूषको सनाखत हुन बाँकी छ। घाइतेहरूको पुरानो मेडिकल,नयाँ मेडिकल कलेज र  भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।

 

ठोक्किएका दुवै गाडी सडकमै रहेकाले अहिले पूर्व-पश्चिम राजमार्गको उक्त खण्ड ठप्प भएको थियो। अहिले डाइभर्सन बनाएर सवारी साधन आवत जावत गर्ने प्रबन्ध मिलाइएको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्