सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच नगर क्षेत्रका विपन्न र सिमान्तकृत विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नगर प्रमुख मोहनमाया ढकाल र विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले मंगलबार हस्ताक्षर गरे । नगरभित्रका विद्यालयको शैक्षिक उन्नयन र नवप्रद्र्धनात्मक सिकाइका लागि विश्वविद्यालयले सहयोग गर्ने उल्लेख गरेको छ । सम्झौताको अवधि ४ वर्षको छ ।
‘थिंक ट्यांक’को रुपमा रहेको विश्वविद्यालयले नगरपालिका क्षेत्रको सामाजिक अनुसन्धान र ज्ञानको दायरा पहिचान गर्ने, अनुसन्धान गर्ने र उक्त अनुसन्धानको निष्कर्ष नगरको विकासका लागि उपयोग गर्ने नगर प्रमुख ढकालले जानकारी दिइन् । उनका अनुसार नगर क्षेत्रमा नै रहेको विश्वविद्यालयबाट नगरबासी समेत लाभान्वित होउन भनेर समझदारी गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच भएको समझदारीपत्रका बुँदाहरु :
१. सार्वजनिक सेवा र समसामयिक बिषयमा अध्ययन अनुसन्धान र प्रकाशन सम्बन्धी कार्यहरु
२. बैकल्पिक उर्जा र वातावरणीय सुधारका कार्यक्रमहरु गर्ने
३. सामाजिक जनचेतनाका लागि बिभिन्न कार्यक्रमहरु गर्ने
४. तालिम, गोष्ठी लगायतका क्षमता विकास कार्यक्रमहरु गर्ने
५. स्थानीय बस्तु तथा सेवा र उद्यमशीलता प्रवद्र्धन सम्बन्धी कार्यहरु गर्ने
६. भौतिक पूर्वाधार विकास र स्रोत व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने
७. मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतहरूमा सहयोग, आदानप्रदान र सहकार्य गर्ने
८. सीमान्तकृत र लछित वर्ग समुदायका लागि छात्रवृत्ति प्रदान गर्ने ९. स्थानीय ज्ञान, सीप, प्रविधि र सस्कृतिको खोजी तथा प्रवद्र्धन सम्बन्धी कार्यहरु गर्ने
१०. पालिका मातहतको विद्यालय शिक्षा सुधारमा सहकार्य गर्ने११. स्थानीय महत्त्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्यहरु गर्ने