कोटेश्वर–तीनकुने खण्डमा तीनवटा गाडी ठोक्किए, एक महिलाको अवस्था चिन्ताजनक

बिहीबार, वैशाख २५, २०८२

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् । एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक  छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ । दुर्घटना आज बिहान करिब सवा ६ बजेतिर भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्