कक्षा १२ को परीक्षा सुरु, ५ लाख ११ हजार परीक्षार्थी सहभागी

आइतबार, वैशाख २१, २०८२

भक्तपुर । कक्षा १२ को परीक्षा आज आइतबारदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ-मुस्ताङमा एक-एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्