बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा

आइतबार, भदौ २, २०८१

बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।

साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।

मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्