महिला टी-२० विश्वकप छनोटमा नेपालले हङकङसँग खेल्दै

मंगलबार, वैशाख ३०, २०८२

काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ ।

छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान ११:१५ बजे सुरु हुनेछ ।

 

 

डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो ।

नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्